राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । 

राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  २ : ३६ बजे