‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रपतिका लागि मलाई प्रस्ताव आयो, मैले अस्वीकार गरेँ : अमिक शेरचन

काठमाडौं । गण्डकी प्रदेशका पुर्वप्रमुख अमिक शेरचनले आफूलाई पदमुक्त गरेर खुला जेलमुक्त गरिदिएकोमा सरकारलाई धन्यवाद भनेका छन् । पदमुक्त भएको भोलिपल्ट पत्रकार सम्मेलन गदै शेरचनले अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउदा आफुलाई खुसी लागेको बताएका हुन् । 

शेरचनले भनेका छन, ‘पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो। मैले अस्वीकार गरेँ। त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ती हुँ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल, यज्ञदेव आले, निर्मल आले र मोहन विक्रम सिंहजस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संर्घषमा आफ्नो जीवन समर्पित गरेँ। पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिन।’

सन्त नेता मनमोहन अधिकारीको निधनपछि एमाले पार्टीको अध्यक्ष पदमा आउन प्रस्ताव गर्दा पनि आफुले अस्वीकार गरेको उनको दाबी थियो।  उनले आफु सत्ता र पदका लागि मरिहत्ते गर्ने मान्छे नभएको बताएका छन् । 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : ४२ बजे