माथिल्लो मनाङमा हिमपात

एमालेमा वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष र तीन उपमहासचिव राख्न सुझाव

काठमाडौं ।  नेकपा एमालेका सहभागी प्रतिनिधिले उपमहासचिव राख्नपर्ने सुझाव दिएका छन् । उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमा उपमहासचिव हटाउने प्रस्ताव पेश गर्नुभएको हो । नवौं महाधिवशेनको विधानमा दुई उपमहासचिव रहने व्यवस्था छ । जसअनुसार पौडेल र घनश्याम भुसाल उपमहासचिव हुनुहुन्छ ।

प्रस्तावित विधानमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ जना गरी १३ पदाधिकारीको व्यवस्था गरिएको छ । कर्णाली प्रदेशको समूहगत छलफलपछि सुझाव प्रस्तुत गर्दै टोली नेता गोरखबहादुर बोगटीले  ७ उपाध्यक्ष र उपमहासचिव कायम राख्नुपर्ने सुझाव दिनुभएको छ ।

उपाध्यक्ष पाँच जनाको सट्टा प्रदेशको आधारमा संख्या बढाएर ७ जना राख्नुपर्ने सुझाव हलबाट आएको छ । सुझाव दिने क्रममा कसैले ६ जना, कसैले वरिष्ठसहति ७ उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । भूगोल र उत्पिडनलाई मध्य नजर गर्दै सबै तहका कार्यकारी पदमा प्रतिनिधित्वको वैधानिक सुनिश्चितता गर्नुपर्ने सुझावमा उल्लेख गरिएको छ ।

प्रत्येक कमिटीमा समावेशिताको वैधानिक व्यवस्था लागू भएरनभएको आधारमा कमिटीको मुल्यांकन, नियमन र नियन्त्रण गर्ने व्यवस्थाको सुनिश्चितता हुनुपर्ने सुझाव हलबाट आएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ४९ बजे