सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

लद्दाखमा थप चिनियाँ सैनिक तैनाथ, भारतको आपत्ति

काठमाडौं । लद्दाखको सीमामा चिनियाँ सैनिक उल्लेख्य रुपमा तैनाथ भएपछि भारतले आपत्ति जनाएको छ ।

लद्दाखमा देखिएको गतिरोध अन्त्यका गर्न चीनसँग १३औं वार्ता गर्न भारत तयारी अवस्थामा थियो । तर पूर्वी  लद्दाखको अधिकांश स्थानमा हाल उल्लेख्य संख्यामा भइरहेको चिनियाँ सैन्य परिचालनको विषय गम्भीर रहेको भारतीय सेनाले जनाएको हो ।

विभिन्न समयमा दुई मुलुकबीच झडप भइरहे पनि विगत ६ महिनायता सीमाको स्थिति सामान्य रहेको अवस्थामा पनि ठूलो संख्यामा चिनियाँ सैनिक परिचालन गरिएको भन्दै भारतीय सेनाले आफूहरुको चासो रहेको जनाएको हो ।

यद्यपि भारतीय सेना प्रमुख मनोज मुकुन्द् नरवणेले अहिले अवस्था नियन्त्रणमा रहेको बताएका छन् । साथै चीनको हरेक गतिविधिको आफूहरुले सुक्ष्म अनुगमन गरिरहेको नरवणेको भनाइ छ ।

लद्दाखको भूमिको विषयमा चीन र भारतबीचको गतिरोध वर्षौदेखि जारी छ । पछिल्लो पटक गत वर्षको जुनमा भएको झडपको क्रममा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ७ : ३२ बजे