एमाले विधान महाधिवेशनः चार प्रदेशका टोली नेताले प्रस्तुत गरे सुझाव

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा चार समूहका टोली नेताले सुझाव प्रस्तुत गर्नुभएको छ ।  १० समूहमध्ये चारले शनिबार सुझावहरु राख्नुभएको र  बाँकी ६ समूहका नेताले भोलि आइतबार राख्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो  ।

महाधिवेशनमा पेश भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफलमा आएका सुझावहरुलाई समूहका नेताले प्रस्तुत गर्नुभएको हो । सचिव तामाङका अनुसार कर्णालीबाट गोरखबहादुर बोगटी, लुम्बिनीबाट लिला गिरी, सुदूरपश्चिमबाट कर्ण थापा र बागमतीबाट आनन्द पोखरेलले प्रदेशगत समूहको सुझाव प्रस्तुत गर्नुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि १० वटा समूहमा छलफल भएको थियो । समूहका टोली नेताले छलफलबाट आएको सुझावलाई प्रस्तुत गर्नुभएको हो  ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ५ : ४३ बजे