माथिल्लो मनाङमा हिमपात

सबै कम्युनिष्ट र मधेससवादी एक भएर आउन्, कांग्रेस एक्लै चुनाव लड्छ : गगन थापा

काठमाडौं  ।  नेपाली कांग्रेसका युवा नेता गगन थापाले अबको चुनावमा नेपाली कांग्रेसले एक्लै चुनाव लड्ने बताउनुभएको छ । 

काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले काग्रेंस एक्लैले बहुमत ल्याउने दाबी गनुृभयो । 
‘काँग्रेसले कसैसँग मिलेर होइन एक्लै लडेर अबको चुनाव जित्ने हो । सबैकम्युनिस्ट, मधेसवादी मिलेर आउन् काँग्रेस उक्लै चुनाव लड्छ, एकलै बहुमत ल्याउँछ । अब हामीले पाँच वर्ष सरकार चलाउनका लागि एकलै बहुमत ल्याउनुपर्छ’ थापाले भन्नुभयो । 

'अर्काले पस्केको दुधभात खाने कांग्रेसको जात होइन । हामी आफैले एकल शक्तिका आधारमा काठमाडौं महानगरमा पनि कांग्रेसको झण्डा गाड्ने हो । यो पटक एकल शक्तिका आधारमा फेरि पाँच वर्ष निम्ति देश चलाउने जिम्मा कोही सँग मिलेर होइन एक्लै सबै कम्युनिस्ट र मधेसका पार्टी एक भएर आए भने पनि जित्ने ताकत राख्नेगरी कांग्रेसले आफ्नो संगठन निर्माण गर्नुपर्छ । यसका लागि अझै हामीसँग संगठन बनाउन ६/७ महिना बाँकी छ,'थापको भनाई थियो । 

थापाले १४ औं महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतामा आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताउनुभयो  ।  

उहाँले भन्नुभयो, ‘हामीलाई चाहे खुल्ला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ । नागरिकहरुको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ ।’ काँग्रेस अहिलेको यथास्थितीवादले जनताको विश्वास जित्न नसक्ने थापाको भनाइ छ । ‘आज जसरी चलेको छ यसले यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन’ थापाले भन्नुभयो  । 

थापाले काँग्रेसभित्र सुदृढीकरण र सुधारको खाँचो रहेको बताउनुभयो । तहगत अधिवेशनले काँग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो ।  

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  १ : ५७ बजे