‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौं फर्किएका भण्डारीको  वैशाख १८ गते स्वाब परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना संक्रमण देखिएको थियो । पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेसनमै छन् । रासस

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १० : ४७ बजे