‘नेशनल डे कन्सर्ट’ सम्पन्न

शे फोक्सुन्डो तालमा वल्र्डलिंकको निःशुल्क वाइफाइ 

काठमाडौंं । वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले शे फोक्सुन्डो तालमा निःशुल्क वाइफाइ सेवा शुरू गरेको छ । नेपालको प्रमुख ताल मध्ये कान्जिरोवा हिमालको काखमा अवस्थित समुन्द्री सतहभन्दा करीव ३६६० मिटरको उचाइमा कर्णाली प्रदेशको डोल्पामा रहेको पर्यटकीय स्थल फोक्सुण्डोमा वाइफाइ विस्तार गरेको हो । 

निःशुल्क वाइफाइ सेवाको उदघाटन प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही र वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले गर्नुभएको थियो । उदघाटन समारोहमा वल्र्डलिंकका निर्देशक मनोज अग्रवाल, प्रमुख कार्यकारी अधिकृत केशव नेपाल  शे फोक्सुन्डो गाउँ पालिका वडा नं ८ का वडा प्रमुख निमा लामा, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जका प्रतिनिधि चन्द्र बहादुर घर्ती उपस्थित थिए ।

सो उदघाटन समारोहमा वल्र्डलिंक कम्यूनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले नेपालको प्रमुख पर्यटकीय स्थलमा आउने पर्यटकका लागि सूचना प्रविधि अति नै महत्वपूर्ण भएकाले गुणस्तरीय सेवाका लागि फाइवरको विकल्प नभएको  बताउनु बताए । सूचना प्रविधि स्थानीय जनता तथा विद्यार्थीका लागि ज्ञानहासिल गर्ने माध्यम बन्न सक्छ, जुन स्थानमा बाटो घाटो, अस्पतालको अभाव छ सोही ठाउँका लागि इन्टरनेट समस्याको समाधान हुने उहाँको भनाइ थियो । वल्र्डलिंकले  विभिन्न ११ स्थानमा टावर जडान गरेको छ ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले पर्यटन बर्ष घोषणा गर्दा रारा तालबाट प्रधानमन्त्रीले वल्र्डलिंकले प्रदान गरेको निःशुल्क इन्टरनेट सेवा बाटै पर्यटन वर्षको उदघाटन गर्नुभएको स्मरण गर्नुभयो । उहाँले आजसम्म रारा जाने पर्यटकका लागि सूचनाको पहुँच पुगेको स्मरण गर्दै सेवालाई गुणस्तरीय बनाउन फाईवरका लागि प्रदेश सरकार तयार रहेको बताउनु भयो ।

 

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १ : २५ बजे