एमालेका पार्टी सदस्य छ लाख !

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्य छ लाख पुगेको बताएको छ । पार्टीको नवौँ महाधिवेशनमा दुई लाख ५६ हजार ७७२ जना पार्टी सदस्य रहेकामा अहिले त्यो संख्या बढेर छ लाख पुगेको जनाएको हो ।

आजदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमा एमालेका छ लाख सदस्य रहेको दाबी गरिएको छ ।

यस्तै, प्रतिवेदनमा पार्टी मुलुकको प्रमुख शक्तिका रूपमा केन्द्रीय सरकारलगायत राज्यका विभिन्न निकायको नेतृत्व गर्ने ठाउँमा पुगेपछि जनतासँगको सम्बन्ध विस्तार भएको र सोहीअनुरूप पार्टी सदस्यता संख्या पनि उल्लेखनीय वृद्धि हुँदै गएको बताइएको छ । 

पार्टीले ५ पुस २०७७ पछि पार्टीमा युवाको आकर्षण बढेको जनाएको छ । ती युवालाई व्यवस्थित कार्ययोजनासहित पार्टीको काममा जोड्न आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ०४ बजे