एमालेमा पोलिटव्यूरो खारेज

काठमाडौं– नेकपा एमालेमा अब पोलिटव्यूरो कमिटी खारेज गर्ने भएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था विधानमा प्रस्ताव गरिएको छ ।

एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्था उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : ५७ बजे