साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

पोखराले चितवनलाई दियो १२४ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल)मा पोखरा राइनोजले चितवन टाइगर्सलाई १२४ रनको विजयी लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पोखराले पुरा ओभर खेलेर ७ विकेट गुमाउँदै १२३ रन बनाएको हो । 

पोखराका लागि विवेक यादवले अविजित रहँदै अर्धशतक पारी खेले । उनले ५३ बलमा ३ छक्का र ३ चौकाको सहयोगमा रन ५३ जोडे । असेला गुनारान्टेले २५ रन बनाए । ओपनरद्वय रिचार्ड लेभीले २० र रित गौतमले २ रन जोडेका छन् । कप्तान विनोद भण्डारीले ५ रन जोड्दा लोकेश बामले ८ रनको योगदान गरे । केसरिक विलियमले २ रन जोडे । सुनिल धमला र विक्रम सोव शून्यमै आउट भएका छन् । 

चितवनका लागि शहव आलम र कमल ऐरीले समान दुई/दुई विकेट लिएका छन् । सोमपाल कामीले एक विकेट लिएका छन् । 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ३ : ४९ बजे