बाँके – बहुविवाह मुद्दाकी फरार प्रतिवादी खजुरा गाउँपालिका-५ बस्ने २६ वर्षीया बिना खटिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७७ कात्तिक २० गतेको फैसलाले बहुबिवाह मुद्दामा ११ महिना १२ दिन कैद फैसला भई फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार ३ : ०९ बजे
प्रतिक्रिया