माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

आजको एमाले एकिकरण पछिको नेकपाकै निरन्तरता हो : ओली

ललितपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको एमाले नेकपाको निरन्तरता भएको बताउनुभएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरू भएको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले केही स्वार्थी नेताहरुले एकता तोडेपनि र अदालतले नाम जुदेका कारण एमाले नाम राख्नु परेपनि आजको एमाले एकिकरण गरी बनेको नेकपाकै  निरन्तरता भएको बताउनुभयो । 

‘ नेकपाको एकता निष्कर्षमा पुग्न नसकेपछि हामी एमालेका रूपमा क्रियाशील छौं । तर, यो नेकपा एमाले राजनीतिकरूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो । यो एकीकृत महाधिवेशन हो’, ओलीले भननुभयो  ।

उहाँले एमालेबाट बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू भएको बताउनुभयो  । ‘केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई प्रश्रय दिनेहरु बाहिरीए ।, पदलोलुप र कुन्ठाग्रस्त व्यक्ति बाहिरीए पनि एकिकरणका पक्षधर आज एक ठाउँमै छौं।’
एमालेविरुद्ध संगठित प्रहार सुरू भएपनि त्यसलाई प्रहास्त गरिने ओलीले बताउनुभयो । 

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  २ : ३३ बजे