माथिल्लो मनाङमा हिमपात

आज साँझदेखि वर्षा कम हुने

अध्यक्ष ओली महाधिवेशन स्थलमा

काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली विधान महाधिवेशनस्थल गोदावरीको सनराइज हल पुग्नुभएको छ । सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङ्गसहित ओली आफ्नो पुरानो सैलीमा हात हल्लाउँदै अधिवेशनस्थल पुग्नुभएको हो  । 

निर्धारित समयभन्दा केही ढिला पुग्नुभएको ओलीसँगै केन्द्रीय पदाधिकारीहरू महाधिवेशन हल प्रवेश गर्नुभएको छ । ओली पुग्नुअघि सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरू ‘नेकपा एमाले प्रथम विधान’ लेखिएको ठूलो पोस्टर र केपी ओलीको पूर्णकदको फोटोसहितको ठूलो पोष्टरमुनि बसेर सेल्फी खिचिरहेका छन् । 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १ : २० बजे