‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा ।  एसिड प्रहार मुद्दाका फरार प्रतिवादी वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका–७ घर भएका १९ वर्षीय समशाद मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएकोमा कोभिड-१९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएकोमा पुनस् सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुनस् बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-२ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो ।  

२०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका-४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए । 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  २ : २० बजे