दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुनको मूल्य आज प्रतितोला रु २०० ले घट्यो 

काठमाडौँ । सुनको मूल्य आज प्रतितोला रु २०० रुपियाँले घटेको छ ।  

बुधवार प्रतितोला रु ८८ हजार ९०० मा कारोबार भएको सुन आज २०० रुपियाँले घटेर ८८ हजार ७०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएको छ  । 

त्यस्तै,  तेजाबी सुनको मूल्य आज ८८ हजार २५० रहेको छ । तेजाबी सुनको मूल्य बुधवार  रु ८८ हजार ४५० मा कारोबार भएको थियो । 

आज छापावाल सुन प्रतितोला ८८ हजार ७००  र तेजाबी सुन प्रतितोला  रु ८८ हजार २५० कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यसैगरी अनुसार चाँदीको मूल्य बुधवारको तुलनामा आज प्रतितोला रु ३५ ले घटेको छ । बुधवार प्रतितोला रु १ हजार १५५ मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला रु एक हजार १२० मा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १२ : १२ बजे