‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अविश्वास प्रस्ताव फिर्ता लिन शेरधन राईको निर्देशन

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता एवं मुख्यमन्त्री शेरधन राईले एक हप्ताभित्र अविश्वास प्रस्ताव फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।

संसदीय दलको आज बसेको बैठकमा राईले अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता नलिए विधान अनुसार कारबाही थालिने जानकारी गराएका छन् ।

आजको बैठकमा बहुमतबढि सांसद उपस्थित भएका छन् ।  बैठकमा ५१ सांसदमध्ये ३० जना उपस्थित भएको बुझिएको छ ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा तत्कालीन प्रचण्ड–माधव पक्षका ३७ सांसदले हस्ताक्षर गरेका थिए । तीमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् । सर्वोच्च अदालतको फैसला अनुसार माओवादी के‍न्द्र र एमाले ब्युँतिएपछि पहिलोपटक प्रदेश संसदीय दलको बैठक बसेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १२ : ३७ बजे