मन्थली विमानस्थलमा पानी पस्यो

यस्तो छ भोली बस्ने संसद् बैठकको सम्भावित कार्यसूची

​​​​​​​काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बैठक बस्दै छ । बैठकको सम्भावित कार्यसूची बुधबार सार्वजनिक भएको छ ।

जसमा दुई बुँदा छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने उल्लेख छ । 

दोस्रो बुँदामा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदन २०५८ पेस हुने उल्लेख छ । 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ५ : ४६ बजे