सुनको मूल्यमा नयाँ कीर्तिमान

मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालयले प्रदेश -२ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ । 

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा  आयोगको टोलीले बुधबार दिउँसो मुख्यमन्त्री लालबाबु राउतको कार्यालयमा छापा मारेको हो । 

अख्तियारका अनुसार प्रदेश कार्यालय बर्दिबासबाट खटिएको पाँच जनाको टोली मुख्यमन्त्री कार्यालयमा कागजात अध्ययन र अनुसन्धानको क्रममा छ । साइकल खरिद गर्दा गरिएका केही कागजात नियन्त्रणमा लिइएको छ । 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : १६ बजे