मन्थली विमानस्थलमा पानी पस्यो

अध्यक्ष ओली महाधिवेशन स्थलको अवलोकन गर्न गोदावरीमा

काठमाडौं । एमालेको विधान महाधिवेशन १५–१७ असोजमा ललितपुरको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलको अवलोकन गर्न बुधबार दिउँसो सम्मेलन केन्द्र पुगेका छन् । 

महाधिवेशनमा करिब पाँच हजार सहभागी हुनेछन् । उनीहरूलाई सम्मेलन केन्द्रभित्र र बाहिर राख्ने व्यवस्था मिलाइएको छ । सम्मेलन केन्द्रको हलमा दुई हजार आठ सय ४० जनामात्रै अट्नेछन् र बाँकीलाई बाहिर बस्ने व्यवस्था मिलाइएको छ ।

हल बाहिर स्क्रिन राखेर दुई साइडमा एक एक हजार राख्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनमा करिब तीन सय स्वयंसेवक खटिनेछन् । 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  २ : ५७ बजे