सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौंबाट हराएका बालक भारतको विहारमा भेटिए

काठमाडौं । काठमाडौंको कपनबाट अपरहण भएको भनिएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् । उनी भारतको बिहारस्थित आफ्नै हजुरबुबाको घरमा भेटिएका हुन् ।  

भारतको बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस सोमबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका थिए। उनको खोजी गर्दा बिहारमा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो।

विनोदकै साथी शंकर दासले बालकलाई बिहार लगेको खुलेको हो। भारतीय प्रहरीसँग समन्वय गरी उनको खोजी गरिएको थियो। एक उच्च प्रहरी अधिकारीका अनुसार,“पियुसले दासलाई माया गर्दा रहेछन् । दासले मदिरा पिएको बेला पियुसलाई आफैसँग बिहार लगेको देखिन्छ । बिहारमा पियुसका बाजे बस्दै आएका छन् । त्यही पियुसलाई छाडेका छन् । यस्तोमा अपरहण नै हो भनेर भन्न सकिएन । उनलाई नेपाल ल्याइँदैछ ।”
बिहारमा भएका आफन्तहरूले पियुसको जिम्मा लिइसकेको एसएसपी सिंहले जानकारी दिनुभयो। यता शंकरमाथि भने प्रहरीले अनुसन्धान थाल्ने भएको छ। 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  १० : ४४ बजे