सुनको मूल्यमा नयाँ कीर्तिमान

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग१६प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् । 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ०५ बजे