‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त १२ वर्षपछि पक्राउ

महेन्द्रनगर ।  कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक अभियुक्त १२ वर्षपछि मङ्गलवार पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा साबिकको पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशी रहेका छन् । 

जोशीले पिपलाडीकै एक महिलालाई ललाइफकाइ बेचबिखन गर्न भारतको नयाँ दिल्ली पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ती महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचबिखनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले जोशीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले २०६६ जेठ २५ गते उक्त मुद्दाको फैसला गर्दै जोशीलाई २० वर्ष कैद तथा रु दुई लाख जरिवाना गरेको थियो । 

फरार अभियुक्त जोशीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई मङ्गलवार नै जिल्ला अदालत समक्ष पेस गरेको थियो । 

जिल्ला अदालतले अभियुक्त जोशीलाई कारागार चलान गरेको छ । 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ७ : १४ बजे