‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रपतिबाट गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ । राष्ट्रपति भण्डारीले आज साँझ ६ बजे प्रदेश प्रमुखहरुलाई शपथ ग्रहण गराउनुभएको हो । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले गण्डकीका अमिक शेरचनलाई हटाएर सीता पौडेल र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्तलाई हटाएर गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको नियुक्तिको सिफारिस गरेको थियो । गण्डकीको प्रमुख बन्नुभएको पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार तथा एमालेको अखिल नेपाल महिला संघकी अध्यक्ष हुनुहुन्छ ।  यादव दोस्रो संविधान सभाका उपसभामुख हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ६ : ४२ बजे