मन्थली विमानस्थलमा पानी पस्यो

एमालेका नेता मृत फेला

अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिका- ६ दर्नाका समाजसेवी तथा नेकपा एमालेका नेता धनबहादुर रावत मृत भेटिएका छन् ।

४ असोजदेखि बेपत्ता रहेका रावत दर्नाको रवा लेक भन्ने स्थानमा शव फेला परेको हो ।

४ असोजमा जिल्लाको रामारोशन गाउँपालिका- ७ सुतारको अनन्ते मेला हेर्न गएका रावत सोही दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा रावतको शव सोमबार बिहान कालारवा लेकको जंगलमा भेटिएको हो ।

रावतको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । मोबाइल लोकेसनका आधारमा खोजी गर्दै जाँदा उनको शव भेटिएको प्रहरीले बताएको छ ।

रावत स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिका- ६ दर्नाको वडा अध्यक्षका उम्मेदवार बनेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : २८ बजे