विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

थप ७ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ जनाको मृत्यु

काठमाडौं –  नेपालमा थप ७ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालय अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २ हजार २१ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ८६ हजार १५ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् । हाल नेपालमा सक्रिय संक्रमितहरुको संख्या ५४ हजार ४१ जना छन् ।

त्यस्तै आज थप ३७ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ३३ बजे