साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काठमाडौं जिल्लामा आजदेखि भेरोसेलको पहिलो मात्रा खोप दिइँदै ​​​​ ​​

​​​​​​​काठमाडौं । काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । 

काठमाडौं जिल्ला सबै पालिकाका खोप केन्द्रबाट भेरोसेलको पहिलो डोज लगाउन सकिन्छ । खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

तीन दिनसम्म चल्ने खोप कार्यक्रम अन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो ।

खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : ०८ बजे