साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

वर्षाले खेल प्रभावित: पोखरा र भैरहवाले अंक बाँडे

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५८९ र एन्टिजेन विधिबाट ५ हजार १४७ जनामा परिक्षण गर्दा ८३४ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९१ हजार ३९२ र एन्टिजेनबाट ९० हजार ५४७ जना पुगेको छ ।  

यस्तै, आज थप १२७९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६१ हजार १५४ जना पुगेको छ । निको हुने दर ९६.२ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ९६ पुगेको छ । हाल देशभर सक्रिय  संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।  

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : ४३ बजे