काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा सांगठनिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ दिइरहनु भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा तेस्रो दिन जारी बैठकमा महासचिव पोखरेलले सांगठनिक प्रतिवेदनमाथि सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिनुभएको हो ।
बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
उक्त प्रस्तावमाथि समूहगत छलफलबाट आएको सुझाव र प्रश्नमाथि जवाफ दिनेक्रम सुरु भएको हो । उपमहासचिव पौडेलले जवाफ दिने क्रम सकिएपछि महासचिव पोखरेलले जवाफ दिन थाल्नुभएक छ । उक्त प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो ।
प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार ३ : ०५ बजे
प्रतिक्रिया