‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

काभ्रेका इँटा व्यवसायीमाथि खुकुरी प्रहार, घाइतेलाई काठमाडौं ल्याइँदै 

काठमाडौं । काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार विराटनगर उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ।

खुकुरी प्रहारबाट घाइते लामाको अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न आरोपमा विमल कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । उनले खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन। कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए। 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : ५० बजे