‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आफ्नै श्रीमतीको कुटपिट गरी हत्या

बाँके – आफ्नै श्रीमती ३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपानेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते लक्ष्मीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  २ : ३७ बजे