सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सय दिनमा ८ लाख जनाको नरसंहार

एजेन्सी । सन् १९९४ को नरसंहारका प्रमुख नायिके तथा रूवान्डाली सेनाका पूर्व कर्णेलको मालीमा मृत्यु भएको थियो । थिवन्सटी बागोसोराको ८० वर्षको उमेरमा एक अस्पतालमा मृत्यु भएको हो । मुटुसँग सम्बन्धित समस्यापछि उनको उपचारका क्रममा एक अस्पतालमा मृत्यु भएको हो ।

नरसंहारको समयमा उनी रूवान्डाको रक्षामन्त्री थिए । 

राष्ट्रसंघको अपराधसम्बन्धी अदालतले बागोसोरालाई आजिवन  कारावासको सजाँय सुनाएको थियो । तर, पछि अर्को एक फैसलामा उनीमाथि लागेको सजाँय घटाई ३५ वर्ष कायम गरिएको थियो । 

तुत्सी जातीय समुदायको विद्रोह दबाउन उनी मुख्य भूमिकामा थिए । एक सय दिन लामो नरसंहारमा करिव आठ लाख जनाको मृत्यु भएको थियो । मारिनेमध्ये अधिकांश तुत्सी समुदायका थिए । 

१९९४ को ६ अप्रिलमा एक समूहले रूवान्डाका तत्कालिन राष्ट्रपति जुभेनेल हावयारिमनाको गोली हानेर हत्या गरेपछि नरसंहार सुरु भएको थियो । 

सन् १९९६ मा पक्राउ परेका बागोसोरालाई अन्तर्राष्ट्रिय अदालतले मानवताबिरोधी अपराध गरेको अभियोगमा आजिवन कारावासको सजाँय सुनाएको थियो । तीन वर्षपछि उनीमाथिको सजाँय घटाएर ३५ वर्ष कायम गरिएको थियो । 

यसै वर्षको सुरुमा आफूलाई रिहाई गर्न उनको तर्फबाट गरेका वकिलको निवदेनलाई अदालतले अस्वीकार गरेको थियो । 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १ : ५३ बजे