यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

इजरायलमा रोजगारीका लागि १६ सयको नाम सिफारिस (सूचीसहित)

काठमाडौँ– सरकारले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको नाम सिफारिस गरेको छ । आइतबार इजरायलमा ‘केयरगिभर’मा जान चाहनेमध्येबाट एक हजार ६ सयको नाम सिफारिस गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

भाषा परीक्षा उतीर्ण गरी अन्तर्वार्तामा सहभागी भएकामध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथ्योरिटी (पीआईबीए) लाई सिफारिस गरेको विभागका महानिर्देशक दिपक काफ्लेले बताएका छन् ।

काफ्लेका अनुसार विभागले सिफारिस गरेको सूचीबाट पीआईबीएले कामदार छनोट गर्नेछ । छनोट गरेका व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौतापश्चात उनीहरु इजरायल जान पाउने छन् ।

यसका लागि अहिले छनोट भएका एक हजार ६ सयमध्येबाट एक हजार ४ सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  १ : ४९ बजे