सुनको मूल्यमा नयाँ कीर्तिमान

वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला 

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका– ८स्थित  गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । 

निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । 

लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् ।  

प्रहरीले घटनास्थलमा आएर लास जाँच  गरिरहको छ । शुक्रबारसम्म केही थाहा नभएको र शनिबार वडा कार्यालय बन्द भएकाले आज मात्रै शव देखिएको वडाध्यक्ष तामाङले बताउनुभयो ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ११ : ५८ बजे