यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

मध्यरातमा मन्दिर भत्काउन वडाध्यक्षले एक्स्काभेटर पठाएपछि…

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका-७ धमौलीमा मध्ये रातमा मन्दिरको संरचना भत्काइएको छ । धमौली गाउँभित्र रहेको राम जानकी मन्दिर परिसरमा रहेको पर्खाल र बरन्डाको भाग एक्स्काभेटर प्रयोग गरी भत्काइएको स्थानीय अजय सिंहले बताए । 

मध्यरातमा ठूलो आवाज आएपछि गत वर्ष बनाइएको संरचना भत्काइएको थाहा पाएको सिंहले बताए । कपिलवस्तु नगरपालिका-७ का वडाध्यक्ष धर्मात्मामणी त्रिपाठीको आदेशमा रातको समयमा एक्स्काभेटर प्रयोग गरिएको स्थानीयको आरोप छ ।

शुक्रबार दिउँसो मन्दिरको संरचना तोड्न केही श्रमिक आएपछि स्थानीयले अवरोध गरेका थिए । गत वर्ष नगरपालिकाले ५ लाखभन्दा बढी रकम खर्च गरेर मन्दिरको पर्खाल निर्माण गरेको थियो । 

सो कामको डिजाइन चित्त नबुझेपछि परिवर्तन गराउने उद्देश्यले संरचना भत्काएको वडा कार्यालयका कार्यालय सहायक राम अचल यादवले बताए । भत्काइएको स्थलमा छानासहितको संरचना निर्माण गराउने योजना रहेको उनले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : ०० बजे