‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

आफन्तले बुझ्न नमानेपछि युवतीको शव दुई दिनदेखि अस्पतालमै

ताप्लेजुङ । शुक्रबार मृत भेटिएकी ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिमकी १८ वर्षीया एक युवतीको शव शनिबार पनि आफन्तले बुझ्न मानेका छैनन् ।

मृतक पुष्पा तबेबुङ लिम्बूका बुबा वीरबहादुरले छोरीको हत्या आशंका लागेकोले सुक्षम अनुसन्धान गर्न माग गरेका छन् । उनले घटनाका विषयमा टुंगो नलागेसम्म शव नउठाउने चेतावनी दिएका छन् ।

युवतीको शव ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । पुष्पाको शव फुङलिङ नगरपालिका–७ दोखुको निगाले भीरमा शुक्रबार दिउँसो फेला परेको थियो । 

सदरमुकामको बिहीबारे टोलमा डेरा गरी बस्दै आएकी लिम्बूको शव फेला परेको स्थान डेरा भन्दा करिब ३–४ किलोमिटर टाढापर्छ । राति १२ बजेसम्म डेरामै रहेकी उनी बिहान मृत भेटिनु शंकास्पद भएको मृतकका आफन्तले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी बाल नरसिंह राणाले आफूहरू अनुसन्धानमा रहेको बताएका छन् । प्रारम्भिक अनुसन्धानका आधारमा आफूहरू घटनाको तथ्य नजिक पुगेको उनको दाबी छ । पोस्टमार्टम रिर्पोटले धेरै कुरा पत्ता लाग्ने बताउँदै राणाले आफूहरूले मृतकको मोबाइल कल डिटेल मगाएको बताए ।

प्रहरीले पुष्पालाई मृत भेटिएको स्थानमा मेटासिट (विष) समेत फेला परेको र त्यसका बारेमा समेत अनुसन्धान भइरहेको बताएको छ । पुष्पाको शव अर्धनग्न अवस्थामा प्रहरीले फेला पारेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : ०४ बजे