यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

चिकित्सकको लापरवाहीले ११ महिने शिशुको मृत्यु भएको भन्दै अस्पताल तोडफोड

झापा – झापाको दमकमा एडभान्स अस्पतालमा तोडफोड भएको छ । चिकित्सकको लापरवाहीले ११ महिने शिशुको मृत्यु भएको भन्दै पीडित परिवार तथा आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडमा संलग्न एक दर्जन बढीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । तोडफोडबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । झापा कमल गाउँपालिका-१ का ११ महिने बालक सिर्जन खड्काको शुक्रबार अस्पतालमा मृत्यु भएको थियो ।

भएको के हो ?

परिवारका सदस्यकाअनुसार विरामी बालक कोरोना संक्रमित थिए । निमोनिया पनि थियो । दमकको एडभान्स अस्पताल लगियो । डाक्टर अनिल थापाले विरामी हेरे । कोभिड संक्रमित भएकाले भर्ना गरेर राख्न मानेनन् । अरु बालबालिकामा सर्ने भएकाले घरमै लैजान सुझाए । अन्य अस्पतालमा रिफर पनि गरिएन । तर डाक्टर थापाले बालकलाई आधा घण्टाको फरकमा दुइटा सुई स्थानीय स्वास्थ्यकर्मीबाट लगाउन सिफारिस गरे । तर स्थानीय स्वास्थ्यकर्मीले तीन मिनेटको फरकमै लगाइदिएको पीडित परिवारले बताएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ९ : ०० बजे