‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ब्यापारी कमल हत्या प्रकरणमा नखुलेको तथ्य

बैतडी । बिहीबार बिहान बैतडीको सुर्नया गाउँपालिका-४ सन्सेरीमाडाैंका मासु पसले ५६ वर्षीय कमल महराको शव फेला पर्‍यो। आफ्नो पसल भन्दा करिब २ सय मिटर टाढा रहेको रामबहादुर महराको पसल अगाडि मृत भेटिएका कमलको शवको प्रकृति हेर्दा टाउको, छाती र खुट्टमा गम्भीर चोट थियो भने शरीरमा निलडाम र घाउहरू थिए।

अनुसन्धानका लागि बिहीबार घटनास्थल पुगेको प्रहरीले ७ जनालाई पक्राउ गर्‍यो। तर प्रहरीले शक्रबार ३ जनालाई सामान्य सोधपुछ गरेर घर पठाएको छ भने, ४ जना प्रहरी हिरासतमा छन्। प्रहरी हिरासतमा रहेका १ जना सोझो प्रकृतिका शंकर महरा छन् भने अर्का उनकौ भाइ हरिश छन्। तर २ जना कडा स्वभावका छन्।

हत्या प्रकरणमा समातिएका होटल ब्यवसायी रामबहादुर महरालाई गाँउघरमा सबैले रावण भनेर चिन्छन्। आर्थिक अवस्था बलियो भएका ‘रावण’ आफू त्यस ठाउँका लागि टाइगर भएको बताउथे। तर मृतक कमल भने रावणलाई नै विश्वास गर्दथे। स्थानीयका अनुसार कमल आफ्नो पसलमा बढी काराेबार भएको दिन रावणको पसलमा लगेर पैसा जम्मा गर्दथे।

घटनामा मुख्य अभियुक्त भनिएका सुर्नया- ५का रामबहादुर मडै बिगत ८–१० वर्षदेखि भारतको पञ्जावमा बस्दथे। अहिले पनि उनका श्रीमती र छोराछोरी भारतमै छन्। २६ वर्षका मडै केही दिन अघिमात्रै नागरिकता बनाउन भन्दै घर आएका थिए।

मडैले हालै धनगढीमा जग्गा खरिद गरेको स्थानीयबासी बताउछन्। उनी जग्गा आफ्नो नाममा दर्ता गर्नका लागि नागरिकता बनाउन गृह जिल्ला बैतडी पुगेका थिए। बुधबार उनले जिल्ला प्रशासन कार्यालयमा नागरिक बनाए। नागरिकता लिएर घर फर्केका मडैले आधा बाटोबाटै मदिरा पिउन सुरु गरिसकेका थिए।

बाटोभरीका पसलेहरूलाई कोही छ मसँग लड्ने ? भन्दै सन्सेरीमाडौं पुगेका थिए। रक्सीकाे क्वाटरसमेत साथमै बोकेका मडैले मृतक कमलकै पसलबाट १ किलाे मासु खरिद गरी रावणको होटलमा पकाउन लगाए। उक्त मासु र मदिरा सेवन गरेका ४ जनाले अन्ततः कमलको हत्या गरेको स्वीकार गरेकाे प्रहरीले जनाएकाे छ।

यसरी भयो हत्या

प्रहरीका अनुसार हत्यामा संलग्न ब्यक्ति र मृतकले एकै टेवुलमा मदिरा सेवन गरेका थिए। मदिरा सेवन गर्दागर्दै झगडा सुरु भयो। झगडाकै क्रममा मुख्य आरोपी मडैले कमलमाथि आफूले पहिल्यै बोकेर ल्याएको फलामको रड प्रहार गरे। अत्याधिक पिटाइबाट उनको मृत्यु भयो। केही समय अघि (राति सवा १० बजे) घरबाट फोन आउँदा मान्छे आउनुभाछ, म आउन अलि ढिलो हुन्छ, खाना छोपेर राखिदेउ भनेका कमल कहिल्यै घर जान नपाउने गरी ढले।

कमलकाे मृत्युपछि शव खोलामा फाल्ने प्रयास भएको बुझिएकाे छ। तर हत्यामा संलग्न ब्यक्तिहरू मदिराले लठ्ठ परेका पनि शव उठाउन सकेनन्।

पैसाका लागि हत्या भएको आशंका

मृतक कमल भोलिपल्ट जग्गा किन्ने तयारीमा थिए। उनीसँग ७ लाख रुपैयाँ थियो। पैसाका बिषयमा आरोपी होटल ब्यवसायी रावण जानकार थिए। यही कुरा अर्का आरोपी मडैले पनि थाहा पाएपछि पैसा लुट्ने योजनाले हत्या गरेको हुनसक्ने मृतकका परिवारजनको आशंका छ।

मृतक परिवारको अवस्था भने दयनिय छ । कमलका जेठा छोरा विवाहित हुन् । तर उनको मानसिक सन्तुलन ठिक छैन्। जबकी बुवाको शव छेउमा थियो । सयौँ मान्छेको भीड लागेको थियो। तर उनी भने केटाकेटीसँग खेल्दै थिए । कमलका कान्छा छोरा रोजगारीका क्रममा साउदी अरबमा छन्।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ३ : ०२ बजे