मन्थली विमानस्थलमा पानी पस्यो

एमाले संगठन विस्तार गर्न बैतडीका गाउँगाउँ पुग्दै

बैतडी । गत एक महिनायता संगठन विस्तारको अभियानमा लागेको नेकपा एमाले बैतडीले वडास्तरीय कार्यक्रम अन्तिम चरणमा पुर्‍याएको छ ।  जिल्लाका १० मध्ये सात स्थानियतहमा यसअघि नै वडास्तरीय कार्यक्रम सम्पन्न गरेको एमालले अहिले पुर्चौडी र दशरथचन्द नगरपालिकाका कार्यक्रम पनि सिध्याएको छ । 

अब जिल्लाको डिलाशैनी गाउँपालिकाका वडास्तरीय कार्यक्रम मात्रै बाँकी छन् । डिलाशैनीमा कार्यक्रम जारी रहेको पार्टी जिल्ला सचिवालय सदस्य सरस्वती नेपालीले बताइन् ।

जिल्लाका सबै वडाहरूमा कार्यकर्ता भेला गरिरहेको एमालेले वडाहरूमा अधिवेशन आयोजक कमिटहरू गठन गरिरहेको छ । साथै संगठित सदस्यता नविकरण, नयाँ सदस्यता वितरण र पार्टी र भ्रातृ संगठन पुनर्गठन गरिरहेको एमालेले जनाएको छ । 

आगामी ९ कात्तिकमा सबै वडामा एकै पटक अधिवेशन सम्पन्न गरिने एमाले नेतृ नेपालीले बताइन् । ल यहि १५–१७ असोजमा काठमाडौँमा हुने एमालेको विधान अधिवेशन हुँदै छ भने आउँदो मंसिरमा १० महाधिवेशनको तयारी भइरहेको छ । 

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  २ : ५८ बजे