एमाले बैठकमा समूहगत छलफल सकियो

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ ।  १५–१७ असोजमा हुने एमाले विधान महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव ईश्वर पोखरेलले संगठनात्मक र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा तयार पार्नुभएको छ । उहाँहरुको प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले समूहगत छलफल गर्नुभएको हो  ।

केन्द्रीय सदस्यहरुले समूहगत छलफलमा प्रतिवेदन मस्यौदामाथि सुझाव राख्नुभएको छ ।  उक्त सुझावहरुलाई अब केन्द्रीय कमिटी बैठकमा समूह नेताले प्रस्तुत गर्नुहुनेछ । छलफलका लागि प्रदेशका आधारमा समूह बनाइएको थियो । प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सूदुरपश्चिमबाट कर्णबहादुर थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनसंगठनबाट खिमलाल भट्टराई टोली नेता हुनुहुन्छ ।

प्रतिवेदन मस्यौदामाथि टोली नेताहरुले राखेको सुझावको जवाफ दिएपछि बैठक सकिनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  २ : ३६ बजे