साफ यू–१७ च्याम्पियनसिप आजदेखि

 जुम्लामा १८ वर्षमाथिका ४१  हजार नागरिकलाई कोरोना विरुद्धको खोप

काठमाडौँ । जुम्लामा १८ वर्षमाथिका ४१  हजार नागरिकलाई कोरोना विरुद्धको खोप दिन लागिएको छ ।   

शनिबारदेखि  यहाँका  १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ । 

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार सो खोप दिन लागिएको हो ।

यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक र युवालाई परिचालन गरिएको र आठवटै स्थानीय  तहमा दुई चरणमा खोप लगाउनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीसहित जिल्लाभर  ५४७ स्वयंसेविका परिचालन गरिएको उहाँको भनाइ थियो । 

कार्यालयका अनुसार जिल्लाभरका ३० स्वास्थ्य चौकी, ३२ खोप केन्द्र र कर्णाली प्रतिष्ठानबाट खोप दिन   हाल  ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको छ । 

जिल्लाभर  २४ हजार ६४८ जनाले खोप लगाएकामा १९ हजार ८४७ ले दोस्रो मात्रा लगाइसकेका छन् । 

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले सबै नागरिकलाई खोपको पहुँच पु¥याउने सरकारको लक्ष्य सफल पार्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो । रासस

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ११ : ५२ बजे