निर्वाचन अधिकृत बेपत्ता, कांग्रेसको अधिवेशन स्थगित !

काभ्रे । नेपाली कांग्रेस काभ्रेको अधिवेशनका लागि केन्द्रबाट खटिएका निर्वाचन अधिकृत बिनासूचना बेपत्ता भएका छन् । का‌ग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यका अनुसार निर्वाचन अधिकृत राजेन्द्र लामिछाने बिनासूचना बेपत्ता भएका हुन् । 

आचार्यले सामाजिक स‌जालमा लेखेका छन्, 'मतदाता नामावली सार्वजनिक नभएको र जिल्लाको १३ वटा पालिकाका लागि निर्वाचन प्रतिनिधिसमेतको सुनिश्चित नभएको कारण भोलि हुने भनिएको पालिकास्तरीय अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्बद्ध सबै साथीहरूलाई जानकारी गराइन्छ ।'

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : १९ बजे