यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

थप १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ को मृत्यु

काठमाडौं –  पछिल्लो २४ घण्टामा थप  १ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार गत २४ घण्टामा १५ हजार ६९० जनाको एन्टीजेन र पिसिआर परीक्षण गर्दा १ हजार ४७६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । उक्त  अवधिमा थप १ हजार ५५० जना संक्रमित उपचार पश्चात निको भई घर फर्किसकेका छन् ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरुको संख्या २० हजार २८७ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण थप ९ जनाको मृत्यु भएको छ ।  हालसम्म देशभर कुल ११ हजार ८१ जनाको  कोरोनाबाट मृत्यु भइसकेको छ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ४ : ५६ बजे