सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोभिडले वेलायती पुरुषको औषत आयु घट्यो

एजेन्सी । बेलायती पुरुषको औषत आयु घटेको छ । पछिल्लो चालिस वर्षमा पहिलो पटक वेलायती पुरुषको औषत आयु घटेको हो ।

‘कोभिड महामारीका कारण पछिल्लो चालीस वर्षपछि पहिलो पटक वेलायती पुरुषको आयु घटेको हो,’ वेलायतको राष्ट्रिय तथ्यांक कार्यलयका पामेला कोबले भने । तर, महिलाको औषत आयुमा भने कुनै परिवर्तन नभएको कार्यलयले जनाएको छ ।

कोभिड महामारीअगाडि जन्मिएका बालकको औषत आयु ७९ दशमलब २ वर्ष थियो भने कोभिडको समयमा जन्मिनेको बालकको औषत आयु ७० वर्ष छ । तर, महामारी रोकिएपछि औषत आयुमा पनि परिवर्तन हुने अनुमान गरिएको छ ।

‘अहिले भइरहेको पुरुषको मृत्युदरलाई आधार मानेर हामीले यस्तो निस्कर्ष निकालेका हौं,’ कोबले भने, ‘कोरोना भाइरस महामारी सकिएसँगै मृत्युदरमा पनि परिवर्तन हुन्छ । ’

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ४ : ५३ बजे