सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

दक्षिण कोरियासँग वार्ता गर्न उत्तर कोरिया तयार

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको जनाएको छ । कोरियाली प्रायद्धीपमा जारी द्वन्द्व अन्त्य गर्न दक्षिण कोरियाले यसै साता गरेको आह्वानको जबाफमा किमकी बहिनी किम यो जोङले दक्षिण कोरियासँग वार्ता गर्न तयार रहेको बताएकी हुन् ।

कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्ने विषयमा दुई देशले सन् १९५३ मा सहमति जनाए पनि प्राविधिक रुपमा दुबै देश द्वन्द्वकै अवस्थामा छन् । यसै साता दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कोरियाली प्रायद्धीपमा जारी युद्ध अन्त्यका लागि उत्तर कोरिया, अमेरिका र चीनलाई आह्वान गरेका थिए ।

सुरुमा उत्तर कोरियाका वरिष्ठ मन्त्रीले सो आह्वान अस्वीकार गरेका थिए । तर, शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्योङयाङ वार्ताका लागि आफू तयार रहेको जनाएको हो । आफूहरुविरुद्ध शत्रुतापूर्ण व्यवहार रोके उत्तर वार्ताका लागि तयार रहेको उत्तरले जनाएको छ ।

एजेन्सी

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ४ : २५ बजे