सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुनको मूल्य रु ६०० ले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य रु ६०० ले घटेको छ । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु ८९ हजार १५० मा कारोबार भएको थियो । 

महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला रु पाँचले बढेको छ । 

चाँदी बिहीबार प्रतितोला रु एक हजार १५५ मा कारोबार भएकामा आज रु एक हजार १६० तोकिएको हो । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समय समयमा परिवर्तन भइरहन्छ । 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : ०९ बजे