सुनको मूल्यमा नयाँ कीर्तिमान

नयाँ नोट बाँड्दै राष्ट्र बैंकले भन्यो- ‘जतन गरौं, नत्र कारबाही हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रयोग जतनसँग गर्न आग्रह गरेको छ । ४ असोजदेखि नयाँ नोट वितरण गर्दै आएको बैंकले नयाँ नोटको जतनसँग प्रयोग गर्न, डिजिटल कारोबार गर्न र हिफाजत गर्न सर्वसाधारणलाई आग्रह गरेको हो ।

राष्ट्र बैंकले भुक्तानी दिँदा विद्युतीय कारोबार गर्न, कार्ड वा ई-वालेटको प्रयोग गर्न आग्रह गरेको छ । नयाँ नोटमा  पानी, दूध, रगत नपार्न पनि आग्रह गरेको छ । यस्तो भुक्तानी कारोबार गर्दा जाली वा शंकास्पद नोट फेल पारे राष्ट बैंकमा जानकारी दिन पनि आग्रह गरेको छ । राष्ट्र बैंकले नोटको दुरुपयोग गर्नेलाई कारबाहीसmet गर्ने जनाएकाे छ ।

मुद्रा व्यवस्थापन विभागको अनुरोध
– नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौं ।
– नोटमा जथाभावी केरमेट नगरौं ।
– समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी      बसालौं ।
– नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा सम्पत्ति खर्चिनुपर्ने भएकाले नोटको जतन गरी देशको सम्पत्ति जौगाऔं ।
–  नोटलाई माटो, धमीरा, आगो र पानीबाट जोगाऔं । नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर         हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गरौं । 
– नोटको हिफाजत गर्ने कुरा आफूले पनि मनन गरौं र अरुलाई पनि सिकाऔं ।
– नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौं।
– पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरूले सकेसम्म नछोऔं ।

नोट
– टांचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने भएकाले जतन गरौँ । 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ४ : २९ बजे