भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो

विरोधकैबीच राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

काठमाडौं ।  राष्ट्रिय सभाबाट बजेटको विनियोजन विधेयक पारित भएको छ।  प्रतिपक्ष एमालेको विरोधकैबीच पेस भएको विधेयक पारित भएको हो। बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरूले उठेर विरोध जनाउनुभएको थियो । 

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले एमालेका सांसदहरुलाई  सहमतिमा सदन सञ्चालन राख्न आग्रह गर्नुभएको थियो । तर, उहाँहरूले विरोध गरिरहेपछि तिमिल्सिनाले विधेयकलाई प्रक्रियामा लग्नुभएको थियो ।  यसअघि पेस भएको बजेटको विनियोजन विधेयकमा छलफलमा भाग लिन दलीय आधारमा नाम दिन अध्यक्ष तिमिल्सिनाले समय दिनुभएको थियो । । तर, कसैले पनि  नाम नदिएपछि  अर्थमन्त्री जनार्दन शर्मालाई समय दिइएको थियो । 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : ३५ बजे