साफ यू–१७ च्याम्पियनसिप आजदेखि

कोरोना भाइरसको संक्रमणका कारण बाँकेमा थप एक जनाको मृत्यु

बाँके । कोरोना भाइरसको संक्रमणका कारण  बाँकेमा थप एक जनाको मृत्यु भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३३ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय १५ जनाको मृत्यु भएको छ । 

 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ११ : ५३ बजे