सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुनको मूल्य रु पाँच सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य रु पाँच सयले घटेको छ । 

बुधबार रु ९० हजार ९०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६०० तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला रु ८९ हजार ६५० मा कारोबार भएको थियो । 

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला रु १० ले घटेको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६५ मा कारोबार भएको थियो भने आज प्रतितोला रु एक हजार १५५ तोकिएको छ । 

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ । 
 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ११ : ४७ बजे